पूर्वआइजीपी खनाल, सांसदद्वय बस्नेत र श्रेष्ठ विरुद्ध काठमाडौF प्रहरीमा अपहरण मुद्दा दर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्वआइजीपी खनाल, सांसदद्वय बस्नेत र श्रेष्ठ विरुद्ध काठमाडौF प्रहरीमा अपहरण मुद्दा दर्ता


२६ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालसहित ४ जनाविरुद्ध काठमाडौँ प्रहरीमा अपहरण तथा शरीर बन्धक अभियोगमा मुद्दा दर्ता भएको छ ।

समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको अभियोगमा पूर्व आईजीपी खनालसहित सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा नवीन बस्नेतविरुद्ध शुक्रबार अपहरण कसुरमा मुद्दा दर्ता भएको हो ।

वैशाख १० गते राति महोत्तरीबाट पूर्वआइजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठ तथा अर्का व्यक्ति नवीन बस्नेतले जबर्जस्ती यादवलाई काठमाडौँ ल्याएको भन्दै काठमाडौँ सरकारी वकिलका कार्यालयमा अपहरण तथा शरीर बन्धक अपराधमा दर्ता भएको मुद्धा अनुसन्धानका लागि शुक्रबार काठमाडौं प्रहरीलाई पठाएको हो ।

प्रहरीले पूर्वआइजीपी खनाल र सांसदद्वय बस्नेत र श्रेष्ठ विरुद्धको मुद्दा दर्ता गर्न नमानेपछि यादव मुद्दा लिएर सरकारी वकिल र राष्ट्रिय मानवअधिकार आयोग पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस