निषेधित क्षेत्र तोड्ने २५ चिनियाँ पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

निषेधित क्षेत्र तोड्ने २५ चिनियाँ पक्राउ


प्रशासन विशेष ब्युरो

२६ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि तिनलाई पक्राउ गरिएको सिँहदरबार प्रहरी वृत्तका प्रहरी निरीक्षक वेद पौडेलले जानकारी दिए ।

सिँहदरवार अगाडिबाट २५ चिनियाँलाई पक्राउ गरिएको हो । उनले निषेधित क्षेत्र तोडे सिँहदरवार आएर प्रहरीमाथि नै आक्रमण गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताए ।

ती नागरिक घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्यााक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिँहदरवारतर्फ आएका थिए । “उनीहरू निषेधित क्षेत्रतर्फ आउन थालेपछि हामीले रोक्यौँ तर उनीहरू नमानेर सिँहदरवारसम्म आए”, उनले भने, “सिँहदरवार आएर पनि हामीमाथि आक्रमण गरेपछि हामीले तिनीहरूलाई नियन्त्रण लिएका हौँ ।”

उनीहरूले प्रहरीको लाठी खोसेर तिनलाई नै हिर्काएका थिए । त्यसको जवाफमा प्रहरीले पनि उनीहरूमाथि लाठी हानेको थियो ।

लाठीबाट प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतको टाउकामा चोट लागेको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार बस्नेतसहित नेपाल प्रहरीका पाँच र उनीहरूतर्फ ६ घाइते भएका छन् ।

पक्राउ गरी तिनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको उनले जानकारी दिए । प्रहरीले भद्रकालीबाट नै प्रवेश गर्न नदिए पनि उनीहरू ठेलमठेल गर्दै सिँहदरवार पुगेका थिए । पर्यटक भिसामा राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिँहदरवारतर्फको निषेधित क्षेत्रतर्फ आएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस