संघीय संसद्को अधिवेशन सुरु[लाइभ] « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संघीय संसद्को अधिवेशन सुरु[लाइभ]


२६ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन सुरु भएको छ ।

कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरे पनि विशेष सावधानी अपनाएर संसद् बैठक बसेको छ ।

जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम पारित र प्रि-बजेट छलफल गर्नुपर्ने बाध्यताका कारण लकडाउनकै बिच सङ्घीय संसद्को अधिवेशन बोलाइएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर अधिवेशन प्रारम्भ गरेका छन् । वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवारका लागि संसद्को छैटौँ अधिवेशन आह्वान गरेकी थिइन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस