सिँहदरवार गेटमा प्रहरी र चिनियाँ नागरिकबिच झडप, डिएसपीसहित ६ जना घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिँहदरवार गेटमा प्रहरी र चिनियाँ नागरिकबिच झडप, डिएसपीसहित ६ जना घाइते


२६ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । घर फर्कन माग गर्दै सिँहदरवारको मुख्य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबिच झडप भएको छ । झडपमा डिएसपीसहित ६ जना घाइते भएका छन् ।

नो मोनि, निड गो होम लेखेको ब्यानरसहित करिब २०-२५ जनाको सङ्ख्यामा उपस्थित भएका चिनियाँ नागरिक शुक्रवार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरू जुलुससहित आएपछि झडप भएको हो ।

प्रहरीको लाठीचार्जका क्रममा दुई चिनियाँ घाइते भएका छन् । यससँगै चिनियाँ नागरिकको ढुङ्गा प्रहारबाट डिएसपी हरिबहादुर बस्नेतसहित ४ प्रहरी घाइते भएका छन् ।

अहिले चिनियाँ नागरिकहरू फुटपाथमा बसेर धर्ना दिइरहेका छन् । प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाउन खोजे पनि हट्न मानिरहेका छैनन् ।

२० जनाभन्दा बढी रहेका उनीहरू ुवी वान्ट टू गो ब्याक होमु लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडि धर्ना बसिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस