विद्यार्थीको नतिजा सामाजिक सञ्जालमा प्रकाशित गर्न नपाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विद्यार्थीको नतिजा सामाजिक सञ्जालमा प्रकाशित गर्न नपाउने


२६ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । शिक्षा विकास निर्देशनालय, दिपायलले विद्यार्थीहरूको नतिजा सामाजिक सञ्जालमा प्रकाशन गर्न अनुरोध गरेको छ ।

लकडाउनको समयमा विद्यार्थीहरूमा नकारात्मक मनोवैज्ञानिक असर पर्न सक्ने अवस्था देखिएको भन्दै रोल नम्बरसहित, नाम, थर, पास, फेल राखेर सामाजिक सञ्जालमा प्रकाशित नगर्न भनेको हो ।

सबै शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहहरूका शिक्षा शाखा प्रमुखलाई निर्देशनालयले भनेको छ ‘गर्नै पर्ने भए रोल नम्बर मात्रै प्रकाशित गर्ने व्यवस्था गर्न विद्यालयहरूलाई सूचना सम्प्रेषण गरी दिन हुन अनुरोध छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस