प्रधानमन्त्रीद्वारा बालुवाटारमा दीप प्रज्वलन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीद्वारा बालुवाटारमा दीप प्रज्वलन


२५ बैशाख २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका उच्चपदस्थ अधिकारीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ दीप प्रज्वलन गरेका छन् ।

बुद्ध जयन्ती र कोरोना भाइरस विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतको सम्मानस्वरुप दीप प्रज्वलन गर्न सरकारले बुधवार गरेको निर्णयअनुसार नै आज साँझ दीप प्रज्वलन गरिएको हो ।

सरकारले सबै नागरिकहरूलाई दीप प्रज्वलन गर्न आह्वान समेत गरेको थियो । सोही अनुरूप बिहीबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल,  गृहमन्त्री रामबहादुर थापालगायत मन्त्रीहरुले संयुक्त रूपमा दीप प्रज्वलन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस