३० हजार पीसीआर किट हस्तान्तरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

३० हजार पीसीआर किट हस्तान्तरण


२५ बैशाख २०७७, बिहिबार


काठमाडौँ । स्वीटजरल्याण्डले कोरोना परीक्षणका लागि सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट बिहीबार नेपाल आइपुगेसँगै स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बिहीबार हस्तान्तरण गरिएको छ ।

पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइड बडी विमानमार्फत नेपाल आइपुगेको हो ।

स्वीटजरल्याण्ड सरकारकोतर्फबाट उक्त विमानस्थल पुगेर नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्य मन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।

स्वीजरल्याण्ड सरकारले यसअघि नै ४ हजार थान पीपीई सेट, १ हजार इन्फ्रारेड थर्मोमिटर, ८ हजार एन९५ मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस