कार्यकारी निर्देशकमा डा. गौतम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कार्यकारी निर्देशकमा डा. गौतम


२५ बैशाख २०७७, बिहिबार


काठमाडौँ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतमलाई नियुक्त गरिएको छ ।

काठमाडौँमा आज बसेको अस्पताल सञ्चालक समितिको बोर्ड बैठकले उनलाई नियुक्ति गरेको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीको संयोजत्वमा गठित सिफारिस समितिले डा. गौतमलाई सो पदमा सिफारिस गरेपछि बोर्डले नियुक्त गरेको हो ।

सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । उनले आजै शपथग्रहण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस