भोलिदेखि बजेट अधिवेशन, सांसदहरुको कोरोना परीक्षण सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भोलिदेखि बजेट अधिवेशन, सांसदहरुको कोरोना परीक्षण सुरु


२५ बैशाख २०७७, बिहिबार


काठमाडौं । भोलिदेखि सुरु हुने बजेट अधिवेशनमा उपस्थित हुने सांसदहरुको कोरोना परीक्षण सुरु गरिएको छ । मंगलबार बसेको कार्य व्यवस्थाको बैठकले सांसदहरुको कोरोना परीक्षण अनिवार्य गराउने निर्णय गरेपछि परीक्षण सुरु गरिएको हो ।

सांसदहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गरिने छ । आज (बिहिबार) बिहान १० बजेदेखि स्वाब संकलन सुरु भएको छ । स्वाब संकलन कार्या दिउँसो २ बजेसम्म चल्ने छ । राष्ट्रियसभा र प्रतिनिधिसभा दुबै सदनका सांसदहरुको स्वाव संकलन गरिनेछ ।

स्वाव संकलन कार्य संघीय संसदभवन नयाँ बानेश्वरमा चलिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस