ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु


प्रशासन संवाददाता

२५ बैशाख २०७७, बिहिबार


सप्तरी । सप्तरीमा ड्युटीमा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय भित्रै ड्युटी गरिरहेका प्रहरी हवल्दार रामबहादुर मगरको एक्कासी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए ।

३७ वर्षीय प्रहरी हवल्दार मगर बिहीबार कार्यालय भित्रै ‘स्ट्यानडवाइ ड्युटी’ गरिरहेका थिए । उनी उदयपुर जिल्ला निवासी हुन् । उनको मृत्युबारे तत्काल केही भन्न नसकिने र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीले बताएको छ ।

यसअघि सोमबार सप्तरीमै भारतसँग सीमा जोडिएको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको थियो । सशस्त्र प्रहरीका असई पनि ड्यूटी गरिरहेकै अवस्थामा मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस