संस्कृत विषयको पाठ्यक्रम स्वीकृत, अब कक्षा एकदेखि नै संस्कृत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संस्कृत विषयको पाठ्यक्रम स्वीकृत, अब कक्षा एकदेखि नै संस्कृत


२५ बैशाख २०७७, बिहिबार


काठमाडौँ । सरकारले विद्यालय तहमा कक्षा एकदेखि नै संस्कृत विषय पठनपाठन सञ्चालन गर्ने भएको छ। यही शैक्षिक सत्रदेखि संस्कृत विषय पढाइ सुरु गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत विषयको पाठ्यक्रम स्वीकृति दिएको छ। स्थानीय पाठ्यक्रमको रुपमा इच्छुक विद्यालयले सोही पाठ्यक्रमलाई आधार मानेर संस्कृत पढाइ सञ्चालन गर्न सक्ने केन्द्रले जनाएको छ। संस्कृत विषयको नाम अस्माकम् संस्कृत (हाम्रो संस्कृत) दिइएको छ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा एकमा पाँच वटा विषय पढाइ हुनेछ भने त्यसमध्ये चार वटा विषय संघीय सरकारले तोकेअनुसार र एक विषय ऐच्छिक रूपमा संस्कृत वा स्थानीय स्तरमा प्रचलित अन्य विषय पनि पढाउन सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस