वडाध्यक्षको घरधनीलाई निर्देशन-बहालमा बस्नेलाई परीक्षण रिपोर्ट नेगेटिभ आए मात्र प्रवेश गराउनु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वडाध्यक्षको घरधनीलाई निर्देशन-बहालमा बस्नेलाई परीक्षण रिपोर्ट नेगेटिभ आए मात्र प्रवेश गराउनु


२४ बैशाख २०७७, बुधबार


काठमाडौँ । चन्द्रागिरि नगरपालिका १५ नम्बर वडा कार्यालयका अध्यक्ष उत्तम बहादुर राउतले घर बहालमा बसेका र हालै उपत्यका बाहिरबाट आएका व्यक्तिहरूको आरडीटी परीक्षण गराएर रिपोर्ट नेगेटिभ आए मात्रै घर प्रवेश गराउन भनेका छन् ।

साथै परीक्षणको जानकारी अनिवार्यरुपमा वडा कार्यालयमा जानकारी नगराए घरधनीमाथि कारबाही गर्नेसमेत भनेका छन् ।

वडाध्यक्ष उत्तम बहादुर राउतद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,’यस चन्दा गिरी नगरपालिकाका वडा नं. १५ मा रहेका घरधनीहरूले आफ्नो घर बहालमा बसेका र हालै उपत्यका बाहिरबाट फर्की आएका व्यत्तिःहरुको टेकु अस्पतालमा आरडीटी परीक्षण गराएमा रिपोर्ट नेगेटिभ आएमा मात्र घर प्रवेश गराउनु हुन सम्पूर्ण घरधनीहरूलाई निर्देशन गरिन्छ’

‘आरडीटी परीक्षणको जानकारी अनिवार्यरुपमा वडा कार्यालयमा गराउनु हुन सबैमा अनुरोध गरिन्छ, साथै आरडीटी परीक्षणको जानकारी वडामा नगराएमा घरधनी माथि आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइने छ’ वडाध्यक्ष राउतले भनेका छन्

प्रतिक्रिया दिनुहोस