बैठकमा चर्का चर्की पछि आरामका लागि हिँडे प्रधानमन्त्री ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैठकमा चर्का चर्की पछि आरामका लागि हिँडे प्रधानमन्त्री ओली


२४ बैशाख २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक दुई पक्षबिच चर्का चर्की भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न भन्दै उठेर हिँडेका छन् ।

बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न बोलाईको बैठकमा दुई पक्षबिच चर्का चर्की भएपछि ओली बाहिरिएका हुन्।

एक पद एक मुख्य जिम्मेवारीका विषयमा भएको विवाद चर्किँदै गएपछि ओली उठेर हिँडेको सहभागी एक नेताले बताएका छन् । प्रधानमन्त्री ओली बाहिरिए पनि बैठक सुचारु भइरहेको छ। बैठकले बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक बस्ने निर्णय गरी सकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस