महँगोमा पीपीई बेच्नेलाई कालोबजारी मुद्दा चलाउन प्रशासनलाई सिफारिस « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

महँगोमा पीपीई बेच्नेलाई कालोबजारी मुद्दा चलाउन प्रशासनलाई सिफारिस


२४ बैशाख २०७७, बुधबार


वैशाख । महँगो मूल्यमा पीपीई बिक्री गर्ने र्फमबिरुद्ध कालोबजारी मुद्दा चलाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई सिफारिस गरेको छ ।

बढी नाफा राखेर स्वास्थ्य सामाग्री बिक्री गर्ने बालाजुको आखु इन्टरप्राईजेजबिरुद्धको अनुसन्धान सकिएकोले कालो बजारी तथा अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि प्रशासन पठाएको हो ।

विभागले वैशाख १९ गते गरेको अनुगमनमा उक्त फर्मले बबरमहलस्थित ई. ज्ञान कुञ्ज एजुकेसन सिस्टम प्रा.लि.को कार्यालयमा भण्डारण गरिएको शंकास्पद ६३ कार्टुन पीपीईसहितको स्वास्थ्य सामाग्री फेला पारेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस