भोलि साँझ ७ बजे स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्ने सरकारको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भोलि साँझ ७ बजे स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्ने सरकारको निर्णय


२४ बैशाख २०७७, बुधबार


काठमाडौँ । सरकारले भोलि वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्य कर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

२५ गते गौतम बुद्ध जयन्तीसमेत परेकोले नेपालले लुम्बिनीमा आयोजना गर्ने भनिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन कोरोनाका कारण यसअघि नै स्थगित भइसकेको छ ।

बुद्ध जयन्तीको दिन पनि भएकोले बुद्ध जयन्ती पनि मनाइने साथै स्वास्थ्यकर्मीको सम्मानका लागि पनि दीप प्रज्वलनका लागि आव्हान गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

भोलि किराँत, राई, याख्या, सुनुवार, लिम्बु जातिको उभौली पर्वसमेत हो ।

Tags :
प्रतिक्रिया दिनुहोस