लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दै


२४ बैशाख २०७७, बुधबार


काठमाडौं । लकडाउनबारे निर्णय गर्न आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दै छ ।

मंगलबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको थियो । आजको मन्त्रिपरिषदले के गर्ने भन्ने बारे निर्णय गर्ने छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि भइरहेको लकडाउनको समयावधि २५ गते बिहीबार सकिन लागेको छ ।

समितिले समेत बन्दाबन्दी हटाउन नमिल्ने निर्णय गरेकाले मन्त्रिपरिषदको बैठकले पनि बन्दाबन्दीलाई निरन्तरता दिने संकेत गरेको छ ।

तर कति दिन थप गर्ने भन्ने बारेमा मन्त्रिपरिषद बैठकमा छलफल गरेर निर्णय हुने एक मन्त्रीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस