नेवार जातिबाहेक अन्यलाई घर बेच्न सिफारिस नगर्ने पनौती ७ नं वडाको निर्णय ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेवार जातिबाहेक अन्यलाई घर बेच्न सिफारिस नगर्ने पनौती ७ नं वडाको निर्णय !


२३ बैशाख २०७७, मंगलबार


काठमाडौँ । पनौती नगरपालिका ७ नम्बर वडा कार्यालयले नेवार जातिहरूबाहेक अन्य जातिलाई घर बेचबिखन गर्न सिफारिस नदिने निर्णय गरेको छ ।

पनौती नगरपालिका ७ नम्बर वडाको पुरानो बजार स्मारक क्षेत्र भित्र नेवारी जातिको बाहुल्यता भएकोले धर्म, संस्कृति र पुरातात्त्विक सम्पदा जोगाउन यस्तो निर्णय गरेको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष रामचन्द्र नास्नानीद्वारा हस्ताक्षरित निर्णयमा भनिएको छ ‘अन्य जातिहरुलाई बेचबिखन गर्नका लागि घर बाटोको मूल्याङ्कन सिफारिस लिन आएको खण्डमा सिफारिस गर्नु भएन भनी यस वडाका भद्र भलादमीहरूले यस कार्यालयमा आइ पटक पटक गुनासो गरेको हुँदा यस वडा समितिको २०७७/०१/२३ गतेका दिन बसेको बैठकबाट नेवार जातिहरूबाहेक अन्य जातिलाई घर बेचबिखन गर्नका लागि सिफारिस लिन आएमा घर धनीहरूलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नंं वडावासीहरूलाई यसै सार्वजनिक सूचनामार्फत जानकारी गराउँछु ।

Tags :
प्रतिक्रिया दिनुहोस