उपत्यका प्रवेशमा थप कडाइ गर्न मेयर शाक्यको माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपत्यका प्रवेशमा थप कडाइ गर्न मेयर शाक्यको माग


२३ बैशाख २०७७, मंगलबार


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यका प्रवेशमा कडाइ गर्न माग गरेका छन् । मेयर शाक्यले कोरोना भाइरसको जोखिम बढीरहेका बेला बाहिरकालाई उपत्यका प्रवेशमा कडाईन गर्न उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलसँग आग्रह गरेका छन् ।

उपत्यका बाहिरका जिल्लाहरुमा कोरोना भाइरस फैलिइरहेको अवस्थामा राजधानीमा निर्वाध प्रवेश रोक्न माग गरेका हुन् ।

उनले भने, ‘उपत्यका बाहिरका केही स्थानमा अहिले पनि कोरोना संक्रमित बढिरहेका छन् । यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ ।”

यस्तै उपत्यका बाहिरबाट भित्रिने अवस्थालाई रोक्ने र उपत्यकामा केही खुकुलो बनाउने प्रस्ताव पनि संयोजक पोखरेलसँग राखेका छन् ।

काठमाडौं उपत्यकाबाट गाउँ फर्किने र बाहिरबाट उपत्यका भित्रिने अवस्था आएमा भाइरसको जोखिम बढ्न सक्ने मेयर शाक्यको भनाइ छ । उनले भने, ‘काठमाडौंबाट मजदुर–विद्यार्थी लगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने होडबाजी गर्दा त्यसले झन् थप समस्या हुन्छ ।’

प्रतिक्रिया दिनुहोस