भारतबाट नेपाल फर्किएका २४ नेपालीलाई फेरि किन फर्काइयो ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतबाट नेपाल फर्किएका २४ नेपालीलाई फेरि किन फर्काइयो ?


२३ बैशाख २०७७, मंगलबार


जनकपुरधाम । भारतबाट नेपाल फर्किएका २४ नेपालीलाई पुनः भारत फर्काइएको छ । धनुषको विभिन्न क्षेत्रबाट नेपाल फर्किकाएका नेपालीहरुलाई शसस्त्र प्रहरीले नेपाल पुगेको दुईदिनपछि भारततर्फ फर्काएको हो ।

धनुषाको महिनाथपुरबाट १३ र इनर्वा नाकामा ११ जना पुगेका थिए । भारतीय क्वारेन्टिनमा १५ दिन विताएका उनीहरु आफ्ना बालबच्चसहित कागजपत्र बोकेर नेपाल आएका थिए ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय सरकारले सीमामा प्रदेशसरकारसँग संघीय सरकारको समन्वयन नभएकाले नेपालीहरु यस्तो विपद्को बेलासमेत भारतीय भूमिमा बस्न बाध्य भएको बताएका छन् । ‘भारतीय क्वारेन्टाइनबाट नेपाल आइसकेकालाई फेरि भारत फर्काउन मिल्दै मिल्दैन। उनीहरु नेपाली नागरिक हो, कसरी राख्ने हाम्रो जिम्मेवारी हो, तर सुरक्षा निकायले हामीलाई नै जानकारी गराएन, संघीय सरकारले जे भन्यो, त्यही मान्छ ’यादवले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस