कोरोना भाइरस : भारतमा एकैदिन १९५ को मृत्यु, ३ हजार ९ सय नयाँ संक्रमित थपिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना भाइरस : भारतमा एकैदिन १९५ को मृत्यु, ३ हजार ९ सय नयाँ संक्रमित थपिए


२३ बैशाख २०७७, मंगलबार


काठमाडौं । भारतमा कोरोना भाइरसबाट २४ घण्टामा १ सय ९५ जनाको मृत्यु भएको छ । एकैदिनमा ३ हजार ९ सय नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ६८ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै संक्रमितको संख्या ४६ हजार ४ सय ३३ पुगेको छ ।

भरतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा १४ हजार ५ सय ४१ जना संक्रमित भइसकेको बताइएको छ । महाराष्ट्रमा मात्रै मृत्यु हुनेको संख्या ५ सय ८३ पुगेको छ ।

गुजरातमा ५ हजार ८ सयभन्दा बढी संक्रमित छन् भने ३ सय १९ जनाको मृत्यु भइसकेको छ ।

मध्य प्रदेशमा २ हजार ९ सयभन्दा बढीमा संक्रमण देखिएको छ भने १ सय ६५ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा २ हजार ७ सय ६६ जनामा संक्रमण देखिएको छ । ५० जनाको मृत्यु भइसकेको छ ।

यस्तै पश्चिम बंगालमा १ हजार २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । १ सय ३३ जनाको मृत्यु भइसकेको छ ।

बिहारमा ५ सय २८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने ४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म १२ हजार ७ सय २७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस