कोरोना भाइरस अपडेट : २ लाख ५२ हजारको मृत्यु, ३६ लाख ४६ हजार संक्रमित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना भाइरस अपडेट : २ लाख ५२ हजारको मृत्यु, ३६ लाख ४६ हजार संक्रमित


२३ बैशाख २०७७, मंगलबार


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ५२ हजार ४ सय २० पुगेको छ । ३६ लाख ४६ हजार २ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा मात्रै समग्र संक्रमितको एक चौथाइ संख्या रहेको छ ।

ओर््ल्डोमिटरका अनुसार अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार ९ सय २१ र संक्रमितको संख्या १२ लाख १२ हजार ९ सय पुगेको छ ।

यस्तै स्पेन, इटली, जर्मनी, रसिया, ब्राजिल, बेलायत, टर्की, इरान, क्यानडा, चीनमा उच्च संक्रमण देखिएको छ ।

स्पेनमा २ लाख १८ हजार ११ जनामा संक्रमण र २५ हजार ४ सय २८ जनाको मृत्यु भएको छ ।

यसैगरी इटलीमा २ लाख ११ हजार ९ सय ३८ जनामा संक्रमण र २९ हजार ७९ जनाको मृत्यु भएको छ ।

विश्वभर ११ लाख ६२ हजार ५ सय ६३ जना उपचारपछि निको भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस