संघीय संसद्को महासचिवमा डा.भरतराज गौतम नियुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संघीय संसद्को महासचिवमा डा.भरतराज गौतम नियुक्त


२२ बैशाख २०७७, सोमबार


काठमाडौँ । सङ्घीय संसद्को महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गौतमलाई महासचिवमा नियुक्त गरेकी हुन् ।

त्यसअघि सोमबार नै सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संसद्का सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए ।

सम्बन्धित समाचार : संघीय संसदको महासचिवमा डा. भरतराज गौतम सिफारिस

कास्की लामाचौर घर भएका गौतम हाल स‌ंघीय संसद्मा सचिवालय सचिव थिए ।

मनोहर प्रसाद भट्टराईले अवकाश पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले २ चैतमा गोपालनाथ योगीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस