नेपालगन्जमा भोलिदेखि तीन दिन घरबाहिर निस्किन नपाइने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपालगन्जमा भोलिदेखि तीन दिन घरबाहिर निस्किन नपाइने


२२ बैशाख २०७७, सोमबार


नेपालगन्ज । लकडाउन थप प्रभावकारी बनाउने भन्दै बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिकालाई तीन दिनलाई पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मङ्गलवार बिहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णतः निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

बिहीबार मध्य रातिसम्मका लागि यो निर्णय लागु गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए ।

‘भोलि ११ बजेदेखि २५ गते राति १२ बजेसम्मका लागि कुनै पनि व्यक्ति बाहिर निस्किन नदिने निर्णय भएको छ’, प्रजिअ खड्काले भने, ‘अत्यावश्यकीय कुराको हकमा मानवीयता आफ्नो ठाउँमा जहिल्यै रहन्छ तर सामान्यतया अवस्थाभन्दा निषेधमा अझै कडाइ हुन्छ ।’

प्रतिक्रिया दिनुहोस