राहत वितरणमा झडप हुँदा ९ राउण्ड हवाई फायर ५ प्रहरीसहित ९ जना घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राहत वितरणमा झडप हुँदा ९ राउण्ड हवाई फायर ५ प्रहरीसहित ९ जना घाइते


२२ बैशाख २०७७, सोमबार


सिरहा । राहत वितरणका क्रममा विवाद हुँदा सिरहाको मिर्चैया नगरपालिका ७ मा सोमबार प्रहरी र स्थानीय वासिन्दाबीच झडप भएको छ । झडपका क्रममा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् ।

अध्यक्षयको उपस्थितिमा अति विपन्न १३४ घरधुरीलाई राहत वितरण भईरहँदा असन्तुष्ट स्थानीयहरुले आफूले पनि राहत पाउनु पर्ने माग गरेपछि भएको विवाद साम्य पार्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

झडपका क्रममा प्रहरीले चार राउण्ड अश्रुग्यास र नौ राउण्ड एसएलआरबाट हवाइ फायर गरेको प्रहरी अधिकारीले जनाएका छन् । हो हल्ला गर्दै ढुंगामुढा प्रहार गर्न थालेपछि अश्रु ग्यास र हवाइ फायर गर्नुपरेको प्रहरीको भनाइ छ ।

स्थानीयले राहत लिनेको सुचीमा धनीको नाम समावेश गरिएको भन्दै विरोध जनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस