अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने ‘कोभिड–१९ चीनको प्रयोगशालामा बनेको प्रमाण छ’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने ‘कोभिड–१९ चीनको प्रयोगशालामा बनेको प्रमाण छ’


२२ बैशाख २०७७, सोमबार


काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोरोना भाइरस (कोभिड–१९) चिनियाँ प्रयोगशालामा बनेको ‘पर्याप्त प्रमाण’ रहेको दाबी गरेका छन् । आइतबार एक टेलिभिजन अन्तर्वार्तामा विदेशमन्त्री पोम्पेओले सो कुराको दाबी गरेका हुन् ।

केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो भाइरस चिनियाँ प्रयोगशालामा निर्माण गरिएको प्रमाण आफूहरुसँग रहेको बताएका थिए ।

तर चीन, डब्ल्यूएचओ र संक्रमक रोग विशेषज्ञहरुले भने यो भाइरस मानव निर्मित नभएको बताएका छन् ।

पोम्पेओले आरोप लगाएपनि पुष्टि गर्ने कुनै प्रमाण भने दिएका छैनन् ।

कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म ६८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस