कोरोना भाइरस अपडेट : ३५ लाख ६८ हजार संक्रमित, २ लाख ४८ हजारको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना भाइरस अपडेट : ३५ लाख ६८ हजार संक्रमित, २ लाख ४८ हजारको मृत्यु


२२ बैशाख २०७७, सोमबार


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले विश्वभर मृत्यु हुनेको संख्या २ लाख ४८ हजार ३ सय ४७ पुगेको छ । संक्रमण दर पनि तिव्ररुपमा फैलिइरहेको छ । संक्रमितको संख्या मात्रै ३५ लाख ६८ हजार २ सय १७ पुगेको छ ।

सोमबार यो समाचार तयार पार्दा सम्म निको भएर घर फर्किकाको संख्या ११ लाख ५७ हजार ३ सय ७० रहेको छ ।

५० हजार केस गम्भीर प्रकृतिका छन् भने अन्यको अवस्था सामान्य रहेको ओरल्डोमिटरको तथ्याङ्ले जनाएको छ ।

सबैभन्दा बढी केस अमेरिकामा छन् । अमेरिकामा मात्रै ११ लाख ८८ हजार ४ सय २१ जनमा कोरोनाको संक्रमण देखिएको छ । ६८ हजारले ज्यान गुमाइसकेका छन् ।

यस्तै स्पेन, इटली, बेलायत, फ्रान्स, जर्मनी लगायतका देशमा उच्च संक्रमण देखिएको छ ।

चीनको वुहानबाट संक्रमण फैलिन सुरु गरेको यो भाइरसले अहिले २१२ देश संक्रमित भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस