नेपालगन्जमा भेटिए एकै दिन १५ कोरोना सङ्क्रमित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपालगन्जमा भेटिए एकै दिन १५ कोरोना सङ्क्रमित


२१ बैशाख २०७७, आइतबार


काठमाडौँ । नेपालगन्जमा आइतबार १५ जना कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमित भेटिएका छन् ।

तीन दिन पहिले भेटिएका ६० वर्षीय सङ्क्रमितको सम्पर्कमा रहेका १५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मस्जिद र मदरसामा कोरोना भाइरस परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने ६० वर्षको व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको थियो ।

उनको कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब सङ्कलन गरी भेरी अस्पतालस्थित पीसीसआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा सङ्क्रमण देखिएको थियो । आइतबार साँझ नै थप ३० जनाको परीक्षणका क्रममा ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालगन्जमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस