नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५


२१ बैशाख २०७७, आइतबार


काठमाडौं । नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

नयाँ संक्रमितहरु नेपालगंज ८ निवासी १६, २१, ३४ वर्षिय पुरुष र ४०, ४५, ६० वर्षिया महिला रहेका छन् ।

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिइएको थियो ।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरीपरीक्षणका लागि प्रयोगशाला लगिएकोमा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस