१९ एसएसपी र २४ एसपीलाई दर्ज्यानी चिन्ह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

१९ एसएसपी र २४ एसपीलाई दर्ज्यानी चिन्ह


२१ बैशाख २०७७, आइतबार


काठमाडौँ । प्रहरी महानिरीक्षक(आइजिपी) ठाकुरप्रसाद ज्ञवालीले १९ जना एसएसपी र २४ जना एसपीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

गत साता एसपीबाट एसएसपी र डिएसपीबाट एसपीमा बढुवा भएका ४३ जना अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

वैशाख १७ गतेको मन्त्रिस्तरीय निर्णयबाट १९ जना एसएसपीमा र १८ गते २४ जना एसपीमा बढुवा भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस