सेभ द चिल्ड्रेनले सरकारलाई दियो १७ सय ४३ सेट पीपीई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेभ द चिल्ड्रेनले सरकारलाई दियो १७ सय ४३ सेट पीपीई


२१ बैशाख २०७७, आइतबार


काठमाडौँ । सेभ द चिल्ड्रेनले सरकारलाई १ हजार ७ सय ४३ सेट पीपीई हस्तान्तरण गरेको छ । आइतबार मन्त्रालयमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

मन्त्री ढकालले यी सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोभिड–१९ को संक्रमणबाट रोक्न सहयोग गर्ने बताए ।

सेभ द चिल्ड्रेनद्धारा जारी विज्ञप्तीमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका रहेको जनाइएको छ । सेभ द चिल्ड्रेन नेपालका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले सरकारलाई मद्दत गर्ने र बालबाकालिसहित जोखिममा रहेकाहरुलाई स्वास्थ्य सेवा सुनिश्चित गराउने प्राथमिकता रहेको बताएकी छन्।

सरकारलाई थप २ हजार सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को खरिद प्रक्रियामा रहेको र प्रक्रिया सकिएलगत्तै सरकारलाई हस्तान्तरण गरिने विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ,‘पीपीई बाहेक इन्फ्रारेड थर्मोमिटर, एन–९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसीजी मेसिन लगायतका सामग्री उपलब्ध गराइएको छ ।’

प्रतिक्रिया दिनुहोस