बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


२१ बैशाख २०७७, आइतबार


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकमा नियमित प्रस्तावमाथि निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकले संसद्को बर्खे अधिवेशन आह्वान गर्ने सम्भावना रहेको छ।

जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधानका कारण वैशाख मसान्तभित्रै अधिवेशन आह्वान गर्नुपर्छ ।

त्यसै गरी आजको बैठकमा लकडाउनको मोडालिटीबारे छलफल हुने बताइएको छ ।

सरकारले वैशाख २५ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।

स्रोतका अनुसार हवाइ उडान र उत्तर र दक्षिणतर्फका सीमा नाका बन्द राखेर मुलुकभित्र खुकुलो बनाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस