बन्दीपुरद्वारा बाँझो जग्गा सदुपयोग गरिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बन्दीपुरद्वारा बाँझो जग्गा सदुपयोग गरिँदै


प्रशासन संवाददाता

२१ बैशाख २०७७, आइतबार


तनहुँ । बन्दीपुर गाउँपालिकाले बाँझो जग्गा भूमि बैँकमार्फत सदुपयोग गर्न लागेको छ । खेती गर्न नचाहने र बाँझो राख्ने व्यक्तिको जग्गा भूमि बैँकमार्फत गाउँपालिकामा ल्याई खेती गर्न चाहने व्यक्तिलाई उपलब्ध गराउन लागिएको छ ।

बाँझो जग्गा उपयोग गर्दै कृषिलाई आधुनिकीकरण गरी गाउँपालिकालाई अन्नबालीमा आत्मनिर्भर गराउने उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । जग्गा बाँझो हुनबाट जोगाउन गाउँपालिकाका छ वटै वडामा परिपत्र गरी कार्यान्वयनका लागि पहल थालिएको बताइएको छ ।

ठाउँ र हावापानी सुहाउँदो किसिमको अन्नबाली, तरकारी र फलफूल खेती गर्न गाउँपालिकाले प्रोत्साहन गर्दैै आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिए । खेती बाली गर्न इच्छुक कृषकलाई जग्गा भाडामा उपलब्ध गराइने निर्णय पनि भएको छ ।

सहकारीद्वारा कोषमा सहयोग
बन्दीपुर– १ स्थित छिम्केश्वरी बचत तथा ऋृण सहकारी संस्था लिले गाउँपालिकाको राहत कोषमा रु५१ हजार सहयोग गरेको छन् । संस्थाका अध्यक्ष हरिचन्द्र अधिकारीले गाउँपालिका अध्यक्ष थापालाई शनिबार सो रकम हस्तान्तरण गरे ।

गाउँपालिकाकाले लकडाउनका समयमा पहिलो चरणमा एक हजार चार सय घरपरिवारलाई राहत वितरण गरिसकेको बताइएको छ । गाउँपालिकामा रहेका छ वटा वडाका चौँतीस प्रतिनिधिको एक महिनाको भत्ता करीब रु चार लाख राहत वितरणमा खर्च गरिने योजना रहेको अध्यक्ष थापाले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस