झुलाघाटबाट उद्धार गरिएका ६७ वर्षीय वृद्धको बाटोमै मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

झुलाघाटबाट उद्धार गरिएका ६७ वर्षीय वृद्धको बाटोमै मृत्यु


२० बैशाख २०७७, शनिबार


 

बैतडी । भारतीय सिमानाका झुलाघाटबाट बिहिबार उद्धार गरिएका एक नेपालीको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका वडा नं ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन जादै गर्दा मृत्यु भएको हो ।

बिहिबार साँझ उद्धार गरिएका लुहारको शनिबार बिहान घर पुग्दा बाटोमै मृत्यु भएको वडा नं ६ का वडा अध्यक्ष जगी सावँदले जानकारी दिए ।

बिहिबार साँझ दशरथचन्द नगरपालिकाको बाराकोट बिद्यालयको क्वारेन्टाइनमा राखिएकोमा शुक्रबार पुर्चौडी नगरपालिकाले उनिहरुलाई पुर्चौडीकै क्वारेन्टाइनमा राख्नको लागी ल्याएको वडा अध्यक्ष सावदले बताए । शुक्रबार क्वारेन्टाइनमा हिडेरै जानु पर्ने भएकाले क्वारेन्टाइनमा जादै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

मृतक लुहार गत माघमा उपचारका लागि भन्दै भारतको पिथौरागड गएका थिए । यद्यपी कोरोना परिक्षणको लागि स्वाव संकलन गरीने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्ली नारायाण पाण्डेयले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस