भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २१८ पुग्यो, संक्रमितको संख्या ३७ हजार नाघ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २१८ पुग्यो, संक्रमितको संख्या ३७ हजार नाघ्यो


२० बैशाख २०७७, शनिबार


काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २१८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार २९३ जना नयाँ संक्रमितको पहिचान भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । ९ हजार ९५० उपचार पछि निको भएका छन् ।

भारतमा केन्द्रीय सरकारले जारी लकडाउनलाई दुई हप्ता बढाएर १७ मे सम्म पुर्याएको छ । भारतमा यो लकडाउनको तेस्रो चरण हो ।
हटस्पोट, रेड जोन, अरेन्ज जोन र ग्रिन जोन गरेर देशलाई बाँडिएको छ । ग्रिन जोनमा रहेका जनताले लकडाउनमा सबैभन्दा धेरै छुट पाउने छन् । हटस्पोट जोनमा रहेका जनताले कुनै पनि छुट पाउने छैनन् । एरेन्ज जोनमा रहेका जनताले केही छुट पाउने छन् ।

एउटा राज्यबाट अर्को राज्यमा जान मजदूलाई रेलको व्यवस्था गरिएको छ । फसेका मजदूरलाई उद्दार गर्ने रेललाई श्रमिक ट्रेन नाम दिइएको छ । मे १ मा ६ वटा ट्रेन छुटेका थिए । बीबीसी

प्रतिक्रिया दिनुहोस