उत्तर कोरियाली नेता किम जोङ्ग उन सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उत्तर कोरियाली नेता किम जोङ्ग उन सार्वजनिक


२० बैशाख २०७७, शनिबार


काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भई रहँदा उन एक रासायनिक मल कारखाना उद्घाटन कार्यक्रममा सहभागी भएका हुन् ।

उनले रिबन काटेर सो कारखाना उद्घाटन गरेको तस्बिर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ ।

समाचार एजेन्सी केसीएनएका अनुसार उनी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरूसँगै कार्यक्रममा सहभागी थिए ।

१२ अप्रिल पछि लामो समयसम्म कार्यक्रमहरूमा नदेखिएपछि उनी गम्भीर बिरामी भएको अड्कलबाजीसहित समाचारहरू सार्वजनिक भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस