प्रचण्ड र चिनियाँ राजदूतको भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड र चिनियाँ राजदूतको भेटवार्ता


१९ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् ।

शुक्रवार बिहान राजदूत यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेकी हुन् ।

राजदूत यान्छीले पछिल्लो समय नेपालमा भइरहेको राजनीतिक परिस्थितिबारेमा चासो व्यक्त गरेको खुमलटार स्रोतले जनाएको छ ।

नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरूबिच दुरी बढिरहेका बेला कार्यकारी अध्यक्ष प्रचण्डसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । त्यसअघि राजदूत यान्छीले बिहीबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस