बढी मूल्य लिने भाटभटेनीको बचाउमा विज्ञप्ति जारी गर्ने काष्ठमण्डप खाद्य उद्योगलाई पनि ३ लाख जरिवाना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बढी मूल्य लिने भाटभटेनीको बचाउमा विज्ञप्ति जारी गर्ने काष्ठमण्डप खाद्य उद्योगलाई पनि ३ लाख जरिवाना


१९ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । भाटभटेनीको बचाउमा विज्ञप्ति जारी गर्ने काष्ठमण्डप खाद्य उद्योग, टेकु पनि कारबाहीमा परेको छ ।

एक सय २० रुपैयाँ पर्ने लाखामारीलाई दुई सय २० रुपैयाँमा विक्री गर्ने टंगालस्थित भाटभटेनीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैयाँ जरिवाना गरेसँगै भाटभटेनीको बचाउमा काष्ठमण्डप खाद्य उद्योगले विज्ञप्ति जारी गर्दै आफ्ना कामदारका गल्तीले एमआरपीको ट्याग गलत लागेको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

केही दिन अघि खरीद मूल्य प्रतिगोटा १२० रहेकामा भाटभटेनीले २२० लिएको पाएपछि विभागले कारवाही गरेको थियो ।

सम्बन्धित समाचार : बढी मूल्य असुल्ने भाटभटेनीलाई तीन लाख जरिवाना, सक्रियता अझ बढाउँदै विभाग

लकडाउनको अवधिमा अनुगमन तीव्र बनाएको विभागको टोली उद्योगमा पुग्दा पुरानो स्टकको लाखामारी आपूर्ति गरेको भेटेपछि उद्योगलाई पनि जरीवाना गरेको विभागले जनाएको छ ।

काष्ठमण्डप खाद्य उद्योगले म्याद नाघेको तयारी खाद्य पदार्थ बिक्री गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐनबमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको कसुरमा ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५को१६(२)(क)बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८(ङ)को कसुरमा३९-१(ख)बमोजिम रु ३ लाख जरिवाना गरिएको छ ।

देशकै ठूलो सुपरमार्केटले संकटका बेला पनि कालोबजारी गरेको भन्दै चौतर्फि आलोचनापछि भाटभटेनीले एक विज्ञप्ति जारी गर्दै त्यसको दोष काष्ठमण्डपलाई दिएर चोखिन खोजेको थियो । यद्यपी उसले आफूबाट गल्तिभएको स्वीकार गरेको थियो ।

सम्बन्धित समाचार : भाटभटेनीले भन्यो -‘प्राविधिक र कानुनी रूपमा गल्ती नै हो, हामी स्वीकाछौँ’

 

Tags :
प्रतिक्रिया दिनुहोस