विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन र स्थानीय सरकार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन र स्थानीय सरकार


१९ बैशाख २०७७, शुक्रबार


विपद् व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रूपमा व्यवस्थापन गरी प्राकृतिक तथा गैर प्राकृतिक विपद्बाट सर्वसाधारणको जिउ, ज्यान र सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्नका लागी स्थानीय तहमा गाउँपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुखको अध्यक्षतामा बढीमा पन्ध्र जना सदस्य रहेको स्थानीय विपद् व्यवस्थापन समिति रहन्छ ।

नेपालको कमजोर भौगर्भिक तथा भू-धरातलीय बनोट, मौसमी विषमता, जलवायु परिवर्तन, बहु प्रकोप घटना, अव्यवस्थित भौतिक पूर्वाधार एवम् जोखिम असंवेदनशीलता विकास निर्माणका कार्य लगायतका कारण उत्पन्न विभिन्न प्राकृतिक तथा गैर प्राकृतिक विपद्को उच्च जोखिम रहेको मुलुक हो । सक्रिय भूकम्पीय क्षेत्र, भौगर्भिक रूपमा गतिशील पर्वत श्रृंखला, अस्थिर र भिरालो जमिनका कारण नेपाल भूकम्पीय जोखिमका दृष्टिले विश्वमा ११ औँ स्थानमा र बाढी पहिरो दृष्टिकोणले ३०औँ अति जोखिम मुलुकको रूपमा रहेको छ । नेपालमा प्रत्येक वर्ष करिब ५०० भन्दा बढी प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटना घटेको दृष्टान्त छ ।

नेपालको संविधानले प्राकृतिक प्रकोपबाट हुने जोखिमको न्यूनीकरण गर्न पुर्वसुचना ,तयारी ,राहत एवम् उदार पुनर्स्थापना गर्ने नीति अवलम्बन गर्दै ,विपद् व्यवस्थापन सम्बन्धी कार्यलाई स्थानीय तहको एकल अधिकार र सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको रूपमा राखेको छ ।

स्थानीय सरकार: 
जनताको घरदैलोमा जनतालाई प्रत्यक्ष रूपमा अनुभूति हुने गरी सेवा प्रवाह गर्ने सरकार स्थानीय सरकार हो । स्थानीय तहको अधिकार सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न तथा सङ्घ, प्रदेश र स्थानीय तह बिचको सहकारिता ,सहअस्तित्व र समन्वयलाई प्रबर्धन गर्दै जनसहभागिता , उत्तरदायित्व ,पारदर्शिता सुनिश्चितता गरी सुलभ र गुणस्तरीय सेवा स्थानीय सरकारले दिँदै आएको छ । लोकतन्त्रको लाभहरूको समानुपातिक समावेशी र न्यायोचित वितरण गरी कानुनी राज्य र दिगो विकासको अवधारण अनुरूप समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणातन्त्रात्मक शासन प्रणालीलाई सुदृढीकरण गरी स्थानीय नेतृत्वको विकास गदै स्थानीय शासन पदतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी ,कार्यकारिणी न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकार हरपलमा सक्रिय हुनु पर्दछ ।

स्थानीय सरकार र विपद्, जोखिम न्यूनीकरण
राज्यको तिन तहको राज्य संरचना सङ्घ ,प्रदेश र स् स्थानयि तह मध्ये विपद् तथा जोखिमको व्यवस्थापन गर्नका लागी स्थानयि सरकारको ठुलो भूमिमा हुन्छ । प्राकृतिक घटना तथा गैर प्राकृतिक घटनाहरूको लगतको सङ्कलन ,राहत ,पुनउत्थान जस्ता कार्यमा यस निकाएको सक्रिय सहभागिता रहन्छ ।

वर्तमान समयमा स्थानीय सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा कार्य गदै आएको छ । विदेशबाट आएका नागरिकको लगत सङ्कलन ,ग्यारेन्टी निमार्ण तथा सोको व्यवस्थापन ,स्थानीय जनसमुदायलाई सुशिक्षति बनाउने कार्य प्रसंशनयि नै छ ।

यसका अलावा स्थानीय सरकारले विपद् तथा जोखिमको व्यवस्थापन र नियन्त्रण गर्नका लागी निम्न कदमहरू चाल्नुपर्ने देखिन्छ ।

 क्षेत्रगत नीति योजना र कार्यक्रम अनुरूप हुने गरी स्थानीय विपद् व्यवस्थापन योजना तर्जुमा गरी कार्यान्वयन गर्ने
 स्थानीय तहमा विपद् व्यवस्थापन सम्बन्धी बजेटको विनियोजन गर्ने,
 निजी एवम् सरकारी गैर सरकारी संस्था, स्थानीय, स्वयंसेवक, सामाजिक परिचालक लगायतका सबै पक्षको संलग्नता र समन्वयमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
 स्थानीय स्तरमा विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिने,
 विपद्को प्रति कार्यका लागी वडा र समुदायमा विपद् पुर्वतयारी तथा प्रतिकार्य समिति गठन गर्ने,
 विपद् व्यवस्थापनका लागी आपत्कालीन नमुना अभ्यास गर्ने,
 विपद् व्यवस्थापन सूचना प्रणली तथा पुर्वचेतावनी प्राणीको विकास तथा सञ्चालन गर्ने,
 स्थानीय तहमा आपत्कालीन कार्य सञ्चालन केन्द्रको स्थापना गर्ने,

अन्तमा, सबै तहमा सूचना तथा तथ्यमा आधारित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना तर्जुमा तथा निर्णय प्रक्रिया स्थापित गरी सङ्घ, प्रदेश, स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लागी रणनीति कार्य योजना, कार्यविधि प्रतिकार्य ढाँचा तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्दछ, प्रकोप र विपद् जोखिमको पूर्वानुमान ,सूचना सम्प्रेषण खोज तथा उदार, प्रतिकार्य र पुनलाभलाई प्रभाकारी बनाइ विपद् व्यवस्थापन सूचना प्रणाली स्थापना गरी विपद्जन्य घटनाहरू र तिनीहरूको मानवीय नोक्सानी, भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय क्षति र असर कम गरी विपद् उत्थानशील विकास पद्धतिको स्थापना गर्नु पर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस