रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु


१८ बैशाख २०७७, बिहिबार


काठमाडौँ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका ७ गौरीगाउँमा भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए।

मृत्यु हुनेहरुमा त्रिवेणी गाउँपालिका ७ का १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीय विमला खत्री, ५ वर्षीय विजय खत्री र वडा नम्वर ४ का गौरव नेपाली रहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस