पूर्वप्रहरी सङ्गठन रामधुनीले सर्वेन्द्र खनालको समर्थन नगर्ने ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वप्रहरी सङ्गठन रामधुनीले सर्वेन्द्र खनालको समर्थन नगर्ने !


१८ बैशाख २०७७, बिहिबार


इन्टरपोल

काठमाडौँ नेपाल पूर्व प्रहरी सङ्गठन नगर कार्य समिति राम धुनी, झुम्का सुनसरीले पूर्व प्रहरी महानिरीक्षक(आएजीपी) सर्वेन्द्र खनालको समर्थन गर्न नसक्ने जनाएको छ ।

नेपाल पूर्व प्रहरी सङ्गठनका केन्द्रीय अध्यक्ष वसन्त राज कुँवरले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामाको विषयलाई लिएर पूर्व प्रहरी सङ्गठन नगर कार्यसमिति सुनसरीले आफ्नो कार्यसमितिको समर्थन नरहने जनाएको हो ।

‘यस सङ्गठनका कुनै पनि सदस्यले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि कुनै कानुन विपरीतका कार्य,अपराध जन्य कार्य कोही कसैले गर्छ भने त्यस्ता पूर्व प्रहरी कर्मचारीको पक्षमा हाम्रो पूर्व प्रहरी सङ्गठन नगर कार्य समिति राम धुनी झुम्का, सुनसरीको समर्थन छैन’ अध्यक्ष चित्र बहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राम्रो काम र सही कार्यको लागि केन्द्रीय अध्यक्ष वसन्त राज कुँवर ज्यु ले दिनु हुने आदेश निर्देशनको पूर्ण रूपमा पालना गर्ने नै छौ। तर यस सन्दर्भमा हाम्रा केन्द्रीय अध्यक्ष ज्यु ले दिएको अन्तरवार्ता सम्बन्धमा हाम्रो विमति रहेको छ ।’

साथै उनले टेलिभिजनमा दिएको अन्तर्वार्ताको कुरा कुँवरको व्यक्तिगत धारणा मात्र भएको जनाएको छ ।

सांसद अपहरण काण्डमा मुछिएपछि चौतर्फी आलोचना खेपिरहेका पूर्व आइजिपी खनालबारे कुँवरको अन्तर्वार्ता लिएर पूर्व प्रहरीहरूको कडा चेतावनी सर्वेन्द्रलाई फसाउन खोजे देश भरी आन्दोलन गर्ने भन्ने शीर्षकको समाचार प्रकाशन पछि नगर कार्यसमिति सुनसरीले आफ्नो समर्थन नरहेको भन्दै विज्ञप्ति जारी गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस