साइबर अपराधको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

साइबर अपराधको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पक्राउ


१८ बैशाख २०७७, बिहिबार


काठमाडौं । साइबर अपराधको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पत्रकार दीपक पाठक पक्राउ परेका छन् । झापा घर भएका पाठकलाई प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा पक्राउ गरेको बताइएको छ ।

उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पक्राउ गरिएको साइबर ब्युरो स्रोतले जनाएको छ ।

यद्यपि केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पक्राउ गरेको बताए पनि उनको कसुरबार जानकारी आइनसकेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस