प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा संसद् भवनको अवलोकन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा संसद् भवनको अवलोकन


१७ बैशाख २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ बानेश्वरस्थित संसद् भवनको संयुक्त अवलोकन गरेका छन् ।

संसद् भवनको बैठक कक्षको अनुगमनका लागि प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षसहित कानुन मन्त्री शिवमाया तुम्बाहाम्फे तथा सङ्घीय संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीलगायतको टोली नयाँ बानेश्वर पुगेको हो ।

बुधवार बिहान प्रधानमन्त्री ओली र सभामुख सापकोटाबिच भएको संसद् अधिवेशन सुरु गर्ने विषयमा भएको छलफलका क्रममा सभामुखले बैठक कक्ष तयार भइरहेको जानकारी गराएपछि प्रधानमन्त्रीले आफैँ हेर्ने इच्छा जाहेर गरेका थिए ।

त्यस क्रममा सभामुख सापकोटा र सचिवालयका कर्मचारीहरूले तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस