कृषि कर्म जारी राख्न मन्त्रालयको आग्रह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कृषि कर्म जारी राख्न मन्त्रालयको आग्रह


१७ बैशाख २०७७, बुधबार


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषकहरूलाई लकडाउनका समयमा पनि कृषि कर्मलाई जारी राख्न आग्रह गरेको छ ।

मन्त्रालयले भोलिका दिनमा खाद्य असुरक्षाको अवस्था आउन सक्ने भएकाले कृषक व्यवसायी, कृषि तथा पशु सेवा प्राविधिकलगायतलाई आ-आफ्ना स्थानबाट काम गर्न गराउन आग्रह गरेको हो ।

मन्त्रालयले १० बुँदे आह्वान गर्दै कृषकलाई खाद्यान्न उत्पादन जारी राख्न, भण्डारण तथा संरक्षण गर्न र बिक्री–वितरण जारी गर्न आग्रह गरेको हो । लम्बिँदै गएको लकडाउनमा जग्गा बाँझो नराख्न तथा सामाजिक दुरी कायम गरेरै उत्पादन तथा बिक्री गर्न आग्रह मन्त्रालयले गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस