प्रभुराम शर्मा रथीमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रभुराम शर्मा रथीमा बढुवा


१७ बैशाख २०७७, बुधबार


काठमाडौँ । प्रधानसेनापतिका दाबेदार मानिएका उपरथी प्रभुराम शर्मा रथीमा बढुवा भएका छन्।

वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई रथीमा बढुवा गरेको हो ।

प्रधानसेनापति थापापछि शर्मा नै रोल क्रममा छन्। थापाको कार्यकाल २०७८ भदौसम्म रहेको छ। सेनामा दुई रथी रहने प्रावधान अनुसार दोस्रो बरीयतामा रहेका रथी(बलाध्यक्ष) गौरव तण्डुल वैशाख १९ बाट उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन्।

वैशाख १९ गते तण्डुलको अवकाश भएपछि शर्माले रथीको कार्यभार सम्हाल्ने छन् ।

सेनामा पहिलो बरीयतामा रहेका रथी(बलाधिकृत)शरद गिरीले असार पहिलो साता उमेर हदका कारण अनिवार्य अवकाश पाएसँगै शर्मा पहिलो बरिएताका रथी बन्नेछन्। शर्माको कार्यकाल २०७८ पुससम्म रहने भएकाले अहिलेको सैनिक ऐनअनुसार उनी प्रधानसेनापति बन्न सक्नेछन्।

सैनिक ऐनअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाको सिफारिसमा शर्माको बढुवाको लागि रक्षा मन्त्रालयमा पेस भएको थियो। यसअघि बलाधिकृत रथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले शर्माको नाम सिफारिस गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस