प्रधानमन्त्रीद्वारा संसद बैठक कक्ष अवलोकन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीद्वारा संसद बैठक कक्ष अवलोकन


१७ बैशाख २०७७, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान संसद बैठक कक्ष अवलोकन गरेका छन् । बजेट अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बेला प्रधानमन्त्री ओलीले संसद भवन पुगेरबैठक कक्ष अवलोकन गरेका हुन् ।

संसद सचिवालयले सामाजिक दुरी कायम गरेर बैठक बसाल्ने तयारी गरेको छ । सचिवालयले भिडियो कन्फ्रेन्सबाट पनि बैठक बसाल्न सकिने कार्यदलमने सुझाव छ ।

संविधानमा जेठ १५ मा बजेट ल्याउनुपर्ने व्यवस्था छ । बजेट अधिवेशनको सुरु र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच बजेट अधिवेशन आह्वानका विषयमा छलफलसमेत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस