पूर्वफुटबल खेलाडी महेश पन्थीको कोरोनाका कारण मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पूर्वफुटबल खेलाडी महेश पन्थीको कोरोनाका कारण मृत्यु


१७ बैशाख २०७७, बुधबार


काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका पूर्वफुटबल खेलाडी महेश पन्थीको कोरोनाका कारण मृत्यु छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालका पूर्वफुटबल खेलाडी मृत्यु भएको फ्रेण्ड्स क्लबलले सामाजिक सञ्जालमा पोष्ट गर्दै पुष्टि गरेको हो ।

ललितपुरको ए डिभिजन फ्रेण्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका मशेह पन्थीको कोरोना लागेर मृत्यु भएकोमा फ्रेण्ड्स क्लबले ग्रेट स्पोर्ट्स पर्सन गुमाएको भन्दै दुःख व्यक्त गरेको छ ।

नेपालको ललितपुर कुपन्डोलमा घरभएका पन्थी एक दशकदेखि अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका थिए । उनको परिवारमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस