थप ७७ जनामा कोरोना सङ्क्रमण पुष्टिसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या १२६ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप ७७ जनामा कोरोना सङ्क्रमण पुष्टिसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या १२६


प्रशासन विशेष ब्युरो

१७ बैशाख २०७७, बुधबार


काठमाडौँ। बहराइनमा थप ७७ जना नेपालीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यससँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीहरूको सङ्ख्या १२६ पुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यो तथ्याङ्क २८ अप्रिल दिउँसो १२ बजेसम्मको हो ।

हाल बहराइनमा १ लाख २१ हजार २ सय ६० जनामा कोरोना सङ्क्रमण भए/नभएको परीक्षण गरिएकोमा १ हजार ५ सय ५६ जना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणकै कारण ८ जनाको मृत्यु भएको छ । उपचारपछि निको भएर घर फर्किनेहरूको सङ्ख्या १ हजार २ सय ४६ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस