सामाजिक दुरीको बेवास्ता गर्दै मसाल जुलुस ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सामाजिक दुरीको बेवास्ता गर्दै मसाल जुलुस !


१७ बैशाख २०७७, बुधबार


महोत्तरी । सांसदसहित पूर्व आइजिपी लगायतले अपहरण गरेको आरोप लगाउँदै विरोधमा उत्रिएका नवगठित जनता समाजवादीका नेता तथा सांसद डा.सुरेन्द्र कुमार यादवको पक्षमा प्रदर्शन गरिएको छ ।

पार्टीका कार्यकर्ताहरूले मङ्गलवार साँझ डा. यादवको गृह गाउँमा मसाल जुलुस प्रदर्शन गरेका हुन् । कोरोना महामारीका कारण मुलुक लकडाउनमा रहेका बेला सामाजिक दुरीको समेत ख्यालै नगरी गरिएको प्रदर्शनमा प्रतिनिधिसभाका सदस्यहरूको समेत सहभागिता रहेको थियो ।

पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका डा. यादव अपहरण काण्डमा प्रहरी र सरकारी वकिल कार्यालयले जाहेरी दर्ता गर्न नमोपछि विरोधमा पार्टी कार्यकर्ताहरूले महोत्तरी यादवको गृह गाउँ सम्सी गाउँपालिकास्थित सम्सी बजारमा प्रदर्शन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस