बाङ्ग्लादेशमा कपडा कारखाना खुल्यो « प्रशासन
prasaLogo
१६ बैशाख २०७७, मंगलवार

बाङ्ग्लादेशमा कपडा कारखाना खुल्यो


प्रकाशित मिति : 28 April, 2020 4:37 pm

काठमाडौँ । बाङ्ग्लादेशमा लकडाउन जारी भए पनि निर्यातका पुराना मागहरू पूरा गर्ने दबावबीच राजधानी ढाका लगायतका केही कपडा उद्योगहरू खुलेका हुन्।

कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण बाङ्ग्लादेशलाई निर्यातबाट आउने छ अर्ब डलर बराबरको राजस्वमा ठूलो असर पर्ने बताइएको छ।

तर कारखानाहरू खोल्ने निर्णयले कोभिड–१९ लाई फैलाउने चिन्ता पनि व्यक्त भएका छन्।

बाङ्ग्लादेशमा ५,९०० भन्दा बढी मानिसलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ भने १५२ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस