भरतपुरको कोरोना विशेष अस्पतालमा अख्तियारको छापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भरतपुरको कोरोना विशेष अस्पतालमा अख्तियारको छापा


१६ बैशाख २०७७, मंगलबार


चितवन । भरतपुरस्थित कोरोना अस्पतालमा अख्तियारले छापा मारेको छ ।

कर्मचारीहरुले विभिन्न सामग्रीहरु चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालमा छापा मारेको हो ।

कोरोना विशेष (अस्थायी)अस्पताल संचालनका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो । आर्थिक अनियमिततासमेत गरिएको आशंका छ ।

हेटौंडाबाट आएको अख्तियारको टोलीले मंगलबार दिउँसोअस्पतालमा छापा मारेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस